भदौ २१ । नेपाल बार एशोसिएसन केन्द्रिय समितिले आज चितवनमा र्याली निकालेको छ । नेपाल बार एशोसिएसन केन्द्रिय अध्यक्ष प्रेम बहादुर खड्काको नेतृत्व्मा भएको विरोध र्यालीले जिल्ला प्रशासन कार्यलय पुगेर ज्ञापनपत्र समेत बुझाएको छ ।
भदौ २१ । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा बस खस्दा ५ जनाको मृत्यू भएको छ भने अरु १० जना वेपत्ता भएका छन् । तातोपानीबाट काठमाडौका लागि छुटेको बा २ ख ४०१३ नं को बस आज बिहान पौने १० बजेतिर अरनिको राजमार्गमा पर्ने गाम्दी गाविसको जगतेबाट भोटेकोशी नदीमा खसेको हो ।
भदौ २१ । आज दोस्रो हलिया मुक्ति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ ।राष्टिय हलिया मुक्ति समाज महासंघको आयोजनामा राजधानिमा बृहत अन्र्तकि्रया लगायतका कार्यक्रमहरु हुने छ ।
भदौ २१ । देशको एकमात्र रेलवये सेवा जनकपुर जयनगर रेलवये अनिश्चित कालिन बन्द भएको छ । रेलवयेको इन्जिन बिगि्रएका कारण रेलवये अनिश्चित कालका लागि बन्द भएको रेलवयेका महाप्रबन्धक संजिव कुमार मल्लिकले बताउनु भयो ।
भदौ २० । उपभोक्ता संरक्षण मंच नेपालले डाबर नेपालको उत्पादन रियल जुसमा अखाद्य बस्तु मिसिएको भन्दै यो बिक्रीमा रोक लगाउन माग गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गरेर मंचले डाबर नेपालको उत्पादन भण्डारण लगायतका कि्रयाकलापको न्यायिक छानबिन गर्न समेत सरकारसँग माग गरेको छ ।
भदौ २० । नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले पार्टीको आउदो १२ औ महाधिवेसनमा सभापति पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । प्रभावशाली नेता खुम बहादुर खड्काको समर्थनमा देउवाले आफ्नो नेतृत्वमा प्रमुख पदहरुमा प्यानल सहित उम्मेदवारी घोषणा गर्नु भएको हो ।
भदौ २० । एकीकृत नेकपा माओवादीले आजको चुनावमा निर्णायक बनाउनका लािग विवेकपूर्ण तरिकाले सोच्न अन्य दलहरलाई आग्रह गरेको छ ।आज बिहान बसेको माओवादी पार्टी पदाधिकारी बैठकले दलहरुलाई यस्तो आग्रह गरेको हो ।
भदौ २० । प्रधानमन्त्री चुनावको लागि व्यवस्थापिका संसदमा आज छैटौ चरणको निर्वाचन हुने भएको छ । पटक पटक भएको निर्वाचनमा पनि प्रधानमन्त्रीका दुवै प्रत्यासीले बहुमत ल्याउन नसके पछि आज फेरी चुनाव हुन लागेको हो ।
भदौ २० । पूर्व लमजुङको श्रीभज्याङ गाविस वडा नं ३ लामा गाँउमा रहेका कृष्ण प्रमोद प्रार्थमिक बिध्यालाय बाट बालबालिकाका लागि समर्पण आचार सहिता लागु गरिएको छ ।
भदौ २० । आज सेप्टेम्बर अर्थात अन्तराष्टिय गिद्ध सचेतना दिवस गिद्धको संरक्षणमा जनचेतना जोगाउन विभिन्न कार्यक्रम गरी नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
भदौ २० । सर्लाहीको बबरगंज वडा नं ८ बाट प्रहरीले गएराति संयुक्त तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्वाला समूह ५ जना कार्यकर्तालाई हतियार सहित पक्राउ गरेको छ । उनीहरुको साथबाट २ थान पेस्तोल र ५ राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।
भदौ १९ । भोली हुने प्रधानमन्त्रीको निर्वाचनमा खेल्ने भूमिकाका विषयामा संयुक्त मधेसी मोर्चामा विवाद देखिएको छ । दुई फोरम माओवादीलाई भोट दिने तथा तमलोपा र सद्भावना तटस्थ बस्ने तयारीमा लागेपछि विवाद चर्कीएको हो ।
भदौ १९ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहितले संविधान सभा विघटन गर्नु पर्ने बताउनु भएको छ ।
भदौ १९ । नेकपा एमालेका नेता केपि शर्मा ओलीले मधेसवादी दलका सभासदहरुले एकीकृत माओवादीका पक्षमा मतदान गर्ने अवस्था नभएको दावी गर्नु भएको छ ।उहाँले सभासद किन बेचमा माओवादीले सुरु गरेको खेलले लोकतन्त्रलाई कमजोर बनाएको समेत टिप्पणी गर्नु भयो ।
भदौ १९ । अर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुक आर्थिक संकटमा लागेको भन्दै बजेट ल्याउने विषयमा गम्भिर बन्न दलहरुलाई आग्रह गर्नु भएको छ ।आज काठमाडौमा भएको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री पाण्डेले असोज १२ गते सम्म पनि बजेट नआए मुलुक ठूलो आर्थिक संकटमा फस्ने बताउनु भयो ।
भदौ १९ । दलहरु बीच सहमति नहुँदा संविधान निर्माण लगायत सबै प्रकृया अन्योलमा परेको भन्दै संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेङवाङले समस्या समाधानका लागि पहल गर्न प्रधानमन्त्री माधव कुमार नेपाललाई आग्रह गर्नु भएको छ ।
भदौ १८ । संविधान सभाका सभाका अध्यक्ष सुवास चन्द्र नेङवाङले जेठ १४ गते राति तीन दल बीच भएको तीन बुँधे सहमतिको दास्रो र तेस्रो बुँधा कार्यान्वयन नभएसम्म समय समाधान नहुने बताउनु भएको छ ।
भदौ १७ । सुनचाँदी व्यावशायी संघले राष्ट्र बैंकलाई दवाव दिन बनेको संयन्त्र वहिष्कार गर्ने भएको छ । संयन्त्रमा रहेको अन्य दुई रत्न आभुषण र रत्न आभुषण संघ र कला व्यावशायी संघले सहमति अनुसार काम नगरेको भन्दै संघले संयत्र वहिष्कार गर्ने जनाएको हो ।
भदौ १७ । एकीकृत माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले मरिसकेको राजतन्त्र अब फेरी कुनै हातलमा व्यूतिन नसक्नेन बताउनु भएको छ । आज बिहान गोरखा सदरमुकाममा क्रान्तिकारी पत्रकार संघद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सास्कृतिक राजतन्त्रको बारेमा गलत प्रचार गरेर आफ्नो पार्टीलाई मुछ्न खोजिएको स्पष्ट पार्नु भयो ।
भदौ १६ । लगातार पानी परेका कारण काठमाडौमा १० दिन अघि देखि थुपि्रएको फोहोर व्यवस्थापनमा कठिनाई उत्पन्न भएको छ ।
1 [] []