अर्थतन्त्रलाई गति दिने र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यका साथ नेपालमा सन् २०११ मा १० लाख पर्यटक भित्र्याउने अभियान आरम्भ हुन पाँच महिना मात्र बाँकी रहेको अवस्थामा समेत सरकार र पर्यटनसँग सम्बन्धित संस्थाहरुको तयारी सुस्त देखिएको छ ।
नेपाल पर्यटन वर्ष २०११ को मूल आयोजक र पर्यटन व्यवसायीहरुले नयाँ कार्यक्रम पर्यटकमैत्री उत्पादन योजना नयाँ गन्तव्यको खोजी र नेपालमा पर्यटकको बसाई लम्ब्याउनेजस्ता आधारभूत कुरामा छलफलमै केन्द्रित भइरहेको यसक्षेत्रमा संलग्न व्यक्तिहरुले गुनासो गरेका छन् ।
पर्यटन व्यवस्थापन र लक्षित पर्यटकीय क्षेत्र सुधार तथा विकास गर्न सम्बन्धित निकायहरुले आफ्नो तर्फबाट पूर्णरुपले लागि परेको दाबी गरे पनि नेपालमा भैरहेको राजनीतिक अस्थिरता र अन्य देशसँग प्रतिष्पर्धामा जानुपर्ने बाध्यता नै पर्यटक भित्र्याउनमा मुख्य चुनौती हो ।
दशलाख पर्यटक भित्र्याउने अभियानको नेतृत्व गरिरहेको नेपाल पर्यटन बोर्डका प्रबन्धक लक्ष्मण गौतम सन् २०११ मा तोकिएको संख्यामा पर्यटक भित्र्याउन सकिन्छ भन्ने ग्यारेन्टी गर्नुभन्दा पनि यो सफल पार्न प्रयासरत रहेको बताउनुहुन्छ ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा लगानी गर्ने वित्तीय संस्था नेपाल विद्युत प्राधिकरण र आयोजनामा ऋण लगानी गर्ने नेपाल दुर संचार कम्पनी लिमिटेड नागरिक लगानीकोष र राष्ट्रिय विमा संचार बीच आज हस्ताक्षर भएको छ । शेयर धनी सम्झौतामा हस्ताक्षर भएपछि नेपालको लगानीमै सबै भन्दा सस्तो दरमा बन्न लागेको माथिल्लो तामाकोशी जल विद्युत आयोजनामा ऋण लगानी सम्झौताको लागि सहमति भएको हो ।
राष्ट्रिय योजना आयोगले नेपालको गरिबी २५ दशमलब ४ प्रतिशत रहेको दावी गरेको छ । संयुक्त राष्ट्रसंघीय कार्यक्रम युएनडिपिका लागि बेलायत स्थित अक्सफोर्ड विश्व विद्यालयले गरेको अध्ययन प्रतिवेदन अनुसार ६५ प्रतिशत नेपाली गरिब रहेको तथ्याङ्क केही दिन अघि सार्वजनिक भएपछि आयोगले आज यस्तो जानकारी दिएको हो । आयोगद्वारा आज आयोजित पत्रकार सम्मेलन मार्फत अध्यक्ष जगदिश चन्द्र पोखरेलले सन २००३ देखि २००४ सम्म प्रति
चालु आर्थिक बर्षमा सरकारले अपेक्षा गरे अनुसारको आर्थिक बृद्धिदर हासिल हुन नसकेको आर्थिक सर्वेक्षणले देखाएको छ । सरकारले आर्थिक बर्ष २०६६\ ६७ मा ५ दशमलव ५ प्रतिशतको आर्थिक बृद्धिदर अपेक्षा गरेपनि ३ दशमलव ५ प्रतिशत मात्र आर्थिक बृद्धि भएको संशोधित अनुमान सरकारले गरेको छ । व्यवस्थापिका संसदको आज बसेको बैठकले बैठकमा अर्थमन्त्री सुरेन्द्र पाण्डेले पेस गर्नु भएको आर्थिक सर्वेक्षणले गत बर्ष सरकाकारले प्रक्षेपण गरे अनुसारको आर्थिक बृद्धि हुन नसकेको जनाएको छ । गत बर्ष यो बृद्धिदर ४ दशमलव ०
काठमाडौ । जेष्ठ ३१ । आर्थिक बर्ष २०६२ ६२ सम्ममा विभिन्न सरकारी संस्थान कार्यलय लगायतका बेरुजु ६२ अर्ब रुपैया भएको सार्वजनिक गरिएको छ ।
महालेखा परिक्षकको कार्यलयमा राष्ट्रपति डा रामवरण यादव समक्ष आज पेश गरेको वार्षिक प्रतिवेदनमा १० खर्ब रुपैयाको मात्र लेखा परिक्षण भएको उल्लेख
छ ।
गएको बर्ष भन्दा ८ अर्ब रुपैयाले बढेको छ ।
गएको बर्ष २८ बर्ष रुपैया रहेकोमा अहिले ३६ अर्ब पुगेको प्रतिवेदनमा उल्लेख
छ ।
काठमाडाँै २३ जेठ । सुनको मूल्य बढ्नेक्रम जारी छ । आज सुनको मूल्यमा रु। ४५० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ ।
स्थानीय बजारमा गत साताको तुलनामा यो साताको पहिलो दिन छापावाल
विराटनगर, असनेपाल न्युज संवाददाता । भर्खरै पारित भैसकेको औद्योगिक नीति नियम प्रति विभिन्न राजनीतिक दलमा आवद्ध ट्रेड युनियनले विरोध गरेका छन् ।
नेपाल सरकारका तर्फबाट उद्योगमन्त्रीले प्रस्तुत गरेको प्रस्तावको यस नियम मन्त्रीपरिषदले जेष्ठ २ पारित गरेको थियो । उद्योग कल कारखाना संचालन नभएको अवधीभर र मजदुरले काम नगरेको दिनको ज्याला दिन नपर्ने औद्योगिक नीतिमा उल्लेख गरिएको छ । विभिन्न ट्रेड युनियनहरुले सरकारले एक पक्षीय निर्णय गरेर श्रम शोषण गरेको भन्दै उक्त निर्णय बदर गर्न आग्रह गरेका छन् ।
नेपालमा यस बर्ष धान उत्पादनमा गिरावट आएपछि वाणिज्य तथा आपुर्ति मन्त्रालयले भारतबाट २५ हजार मेटि्रक टन चामल आयात गर्न नेपाल खाद्य संस्थालाई निर्देशन दिएको छ ।
चालु आर्थिक बर्षमा करिब १२ प्रतिशतको हाराहारिमा धान उत्पादनमा कमी आएको कृषि तथा शहकारी मन्त्रालयले तथ्याङक सार्वजनिक गरेको छ ।
खाद्य संस्थानले खरिद प्रकृया सुरु गर्ने क्रममा यस सम्बन्धि विवरण पेश गर्न व्यवस्थापनलाई निर्देशन दिएको छ । चामल खरिद प्रकृयाबारे अध्ययन सुरु गर्न लागिएको खाद्य संस्थानका महाप्रबन्धक हरी नारायण शाहले बताउनु भयो प्रधानमन्त्री माधव कुमार नेपालले भारतलाई चामल निर्यात खुल्ला गरिदिन आग्रह गरेपछि गत फागुन देखि चामल निर्यातमा फूकुवा गरिएको थियो ।
असनेपाल न्युज । चालु आर्थिक बर्षको पहिलो बर्ष पुरा नहुदै देशको कुल व्यापार घाटा २ खर्ब १३ अर्ब भन्दा बढीले बृद्धि छ ।
चितवन रत्ननगर १४ वैशाख । एकीकृत नेकपा माओवादी ले वैशाख १८ गतेदेखि गर्ने भनिएको आन्दोलनका लागि जथाभावी चन्दा माग गरेको भन्दै चितवनका उद्योगी व्यवसायीले आपत्ति जनाएका छन् ।
उनीहरुले व्यावसायिक मर्यादाबाहिर रहेर मागिएको चन्दा नदिने निर्णयसमेत
काठमाडौँ १७ चैत । प्रधानमन्त्री माधवकुमार नेपालले उद्यमीव्यवसायीको मागबमोजिम शान्तिसुरक्षा लगायत उद्योगमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग आज िसंहदरवारमा भएको छलफलमा
चैत ११ काठमाडौ ।मानव अधिकार बारे अनुगमन गर्ने अन्तराष्ट्रिय संस्था एम्नेष्टि इन्टरनेश्नले मलेशियामा काम गरिरहेका कामदार माथि श्रम शोषण दमन भएको प्रति गम्भिर हुन नेपाल सरकारलाई ध्यानाकर्षण गरेको छ ।
काठमाडौ चैत्र ९ । धितो पत्र बाजार नेपाल स्टक एक्सचेन्जमा शेयर मुल्य सुचकाङ्क नेप्से घटेको छ ।बजारको आज भएको कारोबारमा २ दशमलव ९८ ले घटेर ४७२ दशमलव ८२ मा आइपुगेको हो ।
काठमाडौ फागुन ९ । ऋण उपभोक्ता संघ नेपाल र राष्ट्रिय वित्तीय समस्या समाधान समिति एकिकरण पछी स्थापित राष्ट्रिय आर्थिक तथा वित्तिय सेवा उपभोक्ता संघ नेपालको भावि कार्य दिशा र रणनीति सार्वजनिक गरिएको छ ।
राजधानिमा आज आयोजित एक कार्यक्रम मार्फत संघले सार्वजनिक गरेको कार्यक्रम अनुसार आर्थिक मौदि्रक औधोगिक एवं लगानीबारे नीति निर्माण गर्ने बैंक जस्ता वित्तीय संस्थाहरुबाट कार्वाहीमा परि डुबेका उपभोक्ताहरुलाई संरक्षण र संवर्धन गर्न सहयोग गर्ने देशमा आर्थिक क्रान्तिको घोषणा गर्ने लगायतका कार्यक्रमहरु रहेका छन् ।
काठमाडौ माघ २४ । नेपाल आयल निगमले हवाई इन्धनको मुल्य बढाएको छ । निगमको बोर्ड बैठकले आज देखि लागू हुने गरि प्रतिलिटर हवाई इन्धनमा पाँच रुपैया मुल्य बढाएको हो । नयाँ मुल्य प्रतिलिटर ७५ रुपैया कायम भएको छ । भारतले पछिल्लो समयमा अन्तराष्ट्रिय
काठमाडौ माघ २२। कर्जा प्रभाहमा अनियमितता लगायतका विभिन्न समस्याहरुले बैंक डुब्न लागेको भन्दै नेपाल बैंक कर्मचारी संघ केन्द्रीय समितिले यसलाई नीजिकरण नगर्न माग गरेका छन् ।
संघद्वारा आज राजधानीमा आयोजित \\\"नेपाल बैंकको सुधारको भावी कार्य दिशा\\\" बिषयक गोष्ठीमा बैंकका कमचारीहरुले नेपाल बैंकलाई नीजिकरण गर्नाले आर्थिक संकट देखा परेको भन्दै यसलाई पूर्ण रुपमा सरकारी स्वामित्वमा राखिनु पर्ने बताएका छन् ।
काठमाडौ २१ माघ । एसियाली विकास बैंङ्क एडिबी ले आगमी दुई वर्षमा सन्चालन हुने विभिन्न कार्यक्रमका लागि ६७ करोड १४ लाख डलर सहयोग गर्ने जनाएको छ । नेपालमा सन्चालन भइरहेको कार्यक्रमहरु बारे जानकारी गराउन आज राजधानीमा आयोजित कार्यक्रममा यस्तो जानकारी गराएको हो । यस्तै एडीविले चार करोड ५० लाख साधारण पुँजीस्रोत नौ करोड २० लाख
असनेपाल न्युज संवाददाता । नेपाल वायू सेवा निगम र एयरबस बीच तोकिएको समयमा जहाज खरिद बिक्री सम्झौता हुन नसके पछी समय लम्बिने भएको छ ।
पुष ८ भित्र हुने भनिएको सम्झौता हुन नसकेका कारण निगमले एयसबससँग एक महिना सम्म समय लम्ब्याउन माग गरेको हो ।
वीरगन्ज कार्तिक १७ । मातृका यादव सर्मर्थित नेकपा माओवादीका कार्यकर्ताहरुले हिजो वीरगन्ज भन्सार कार्यलयका प्रमुख केवलप्रसाद भण्डारीलाइ हातपात गर्नुका साथै कालोमोसो समेत दलेको बिरोधमा आज बीरगन्ज लगाएत देशभरका भन्सार कार्यलयको कामकाज कर्मचारीहरुले ठप्प पारेका छन ।
केही समय पछि स्थापना हुन लागेको केन्द्रीय निक्षेप प्रणाली सिडिएस कम्पनी नेपालमा नेपाल एक्सचेन्ज सहित थुप्रै संस्थाले लगानी गर्ने भएका छन् । बिद्युतीय रुपमा सेयरको नामसारी छिटो गर्नका लागि नेपालमा पहिलो पटक स्थापना हुन लागेको सिडिएस कप्पनीमा जम्मा १३ वटा संस्थाले लगानी गर्ने भएका छन । सुरुमा ६ वटा बैंकलाई सेयर लगानीका लागि छानिएको भएपनि अरु बैंकहरुलाई पनि सहभागि गराउन संख्या थपिएको नेपाल बैंकस्र संघका अधक्ष शसिन जोशीले बताउनु भयो ।
1 [] []