समूहहरु :
२०६७ भदौ १९ गते शनिबार
प्रमुख समाचार :
"माओवादीको नेतृत्वमा सरकार बन्नु पर्छ"
धनकुटा जिल्लामा जन्मिएर हुर्किएका अर्जुन थापा २०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागि भै राजनीतिमा प्रवेश गरेका हुन् । राजनीतिक यात्राका क्रममा थापा २०४३ सालमा नेविसंघको केन्द्रीय सदस्य समेत बनेका थिए । पंचायतकालमा थापाले हाल राष्ट्रिय जनशक्ति पार्टीका नेता तथा पंचायतकालका खेलाडी सुर्य बहादुर थापासँग २०४८ र २०५६ सालको चुनावमा लडेका थिए नेपाली कांग्रेसको राजनीतिमा २ दशक भन्दा बढी समय सक्रीय भूमिका खेलेका थापाले कांग्रेस महासमिति सदस्य र कांग्रेस धनकुटाको सचिब तथा कांग्रेस विदेश विभाग सदस्य सचिबको जिम्मेवारी पूरा गरेका थिए । १९९१ - १९९५ सम्म अन्तराष्ट्रिय युवा संघको अन्तराष्ट्रिय व्यूरो सदस्य तथा उपाध्यक्षको जिम्मेवारी पूरा गर्न सक्षम भएका थापा हाल मधेसी जन अधिकार फोरमको केन्द्रीय सदस्य तथा अन्तराष्ट्रिय विभाग प्रमुख छन् । अहिले मधेसी फोरमको उपल्लो तहमा काम गर्ने पहाडि समूदायका एक मात्र व्यक्ति हुन् अर्जुन थापा । नेपालको फेरवदल भैरहेको राजनीतिक परिस्थितिमा प्रधानमन्त्री माधव कुमार नेपालले राजिनामा दिएपछि अब बन्ने नँया सरकारको माहोल तातिरहेको छ त्यसमा पनि राष्ट्रिय सहमतिको सरकार बनाउन । नँया राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न सहज वा जटिल कस्तो परिस्थिति रहन्छ भन्ने सन्दर्भमा हाम्रो संवाददाता रमा सापकोटाले उहाँसँग गर्नु भएको कुराकानिको अंशहरु ।

नँया सरकार गठनको तयारी भैरहेको छ यसमा तपाइको पार्टीको भूमिका कस्तो रहन्छ ?

हाम्रो पार्टीको दृष्टिकोण राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्छ भन्ने हो । त्यसमा दुइ तिहाई मत हुनु पर्छ । यसले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नमा सहयोग पुग्दछ र यसरी मात्र संविधान निर्माण गर्नमा मद्दत पुग्छ । त्यस्तो राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नमा हाम्रो पूर्ण पहल र समर्थन हुनेछ । जुन दलले अरु दलहरुसँग राष्ट्रिय सहमति जुटाउन सक्छ । त्यसैको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु पर्छ । यसले गर्दा थप तोकिएको समय भित्र संविधान निर्माण गर्न मद्दत पुग्नेछ ।


सरकार नेतृत्वको लागि मधेसी जनअधिकार फोरमको दावी हुन्छ कि ?

आफ्नो पार्टीको स्थान र हैसियत अनुसार बोल्नु पर्छ । हामी आफ्नो नेतृत्वको सरकार बन्नु पर्छ भन्ने पक्षमा छैनौ । हाम्रो पहिलो प्राथमिकता नै राष्ट्रिय सहमतिको सरकार बन्नु पर्छ भन्ने हो । जसले सबैदलसँग सहमति निर्माण गर्न सक्छ उसैको नेतृत्वमा सरकार बन्नु पर्छ भन्ने हाम्रो मान्यता त्यही नै हो ।

मधेसी जनअधिकार फोरम यस पटक गैर माओवादी मोर्चावन्दी तिर नजिकिएको जस्तो देखिन्छ नी ?
हामी गैर माओवादी मोचावन्दी तिर नजिकिएको भन्दा पनि माधव नेपालको सरकार निर्माणको क्रममा हाम्रो पार्टी भित्र विभाजन ल्याउने काम भयो । विशेष गरी कांग्रेस र एमालेले यस्तो प्रयास गरेपछि हामीले त्यसको विमति जनायौ । अर्को आपत्तिजनक कुरा कांग्रेस र एमालेले हाम्रो मधेस एजेण्डामा समर्थन गरिसकेपछि पनि व्यावहारमा उनीहरु यथास्थितिमै रहे यसले गर्दा त्यो तथा कथित गैर माओवादी गठ बन्धन थियो । अहिले पनि हामी राष्ट्रिय सहमतिको सरकार कसरी बन्छ त्यता मात्र नजिकिएका छौ । छलफल प्रकृया हामी सबै सँग गर्छौ नजिक टाढा भन्ने कुरा छैन ।


पोहोर साल माओवादी सँग लाग्दा त घाटा पर्यो नी तपाईहरुलाई ?
घाटा भन्दा पनि माओवादी नेतृत्वमा हाम्रो सरकार थियो । अनि माओवादीले कटुवाल प्रकरणमा आफ्नो दृष्टिकोण राख्यो । त्यसमा हामीले विमति जनाएका थियौ । त्यो कटुवाल प्रकरणमा प्रधानमन्त्री प्रचण्डले आफैले राजिनामा दिनु भयो । यो परिस्थिति उहाँले आफैले सिर्जना गर्नु भयो । हाम्रो पार्टी पनि एउटा राष्ट्रवादी शक्ति भएको हुँदा नँया निर्माण हुने सरकारमा सहमतिकै सरकार बनोस भन्ने हाम्रो प्रयास थियो । हाम्रो त्यो प्रयास कुल्चदै माधव नेपाललाई प्रधानमन्त्री बनाइयो । बहुमतको सरकार बनाउने प्रयास भएको हुनाले नै हामी विपक्षमा रहने बाध्यता रह्यो ।


सरकारको नेतृत्व कसले गर्ने त तपाईहरुको विचारमा ?
यतिबेला स्वभाविक रुपले नै माधव नेपालको सरकार हुँदा विपक्षमा बसेको पार्टीको नेतृत्वमा नै नँया सरकार गठन हुनु पर्छ । व्यवस्थापिका संसदको विपक्षमा जो जो बसे तिनिहरुको नै नेतृत्वमा नँया सरकार बन्नु पर्छ । त्यसमा एकिकृत नेकपा माओवादी होस या मधेसी जनअधिकार फोरम नै किन नहोस माधव कुमार नेपालले बहुमत पाउदा पाउदै पनि राजिनामा दिनुपरिसके पछि स्वभाविक रुपले ठूलो दलको हैसियतले नेतृत्को दावी चाँही एकिकृत नेकपा माओवादी कै हुन्छ ।


सरकार फेरवदल भइरहनुमा विदेशी प्रभाव पनि देखिन्छ । यसपालि चाँही दवाव कत्तिको पर्दैछ जस्तो लाग्छ ?
यो मुलुकको दुर्भाग्य हो । बहुदलीय कालमा पनि कांग्रेस भित्रकै किचलोले प्रधानमन्त्रीले आफ्नो कार्यकाल पूरा गर्न सकेनन । त्यस्तै कृष्ण प्रसाद भट्टराई र शेर बहादुर देउवाको पालामा पनि बहुमतमा हुँदाहुदै पनि यस्तै हालत भयो । जब बहुमत प्राप्त्त संसदीय दलको नेताले आफ्नो कार्यकाल पूरा गर्न सक्दैन र पार्टीको आन्तरिक किचलोले त्यो परिस्थिति
निस्कन्छ भने झन अहिले त कसैको बहुमत छैन ।  पछिल्लो पटक प्रधानमन्त्री माधव कुमार नेपालले पनि म बहुमतमा हुँदा हुदै पनि राजिनामा दिँए भन्नु भएको छ । लोकतन्त्र पछि पनि नेपालको सबै भन्दा कमजोरी पक्ष त्यही हो यसरी आफ्नो कार्यकालको उद्देश्य पनि पूरा हुन सक्दैन । प्रधानमन्त्री नेपालले भर्खरै मिडियालाई बताउनु भएको छ । मैले माओवादीलाई अन्तराष्ट्रिय सहमति जुटाउन सक्थे तर उहाँहरुले मेरो प्रस्ताव स्विकार गर्नु भएन । अहिले पनि मलाई अन्तराष्ट्रिय सहमति छदै थियो । त्यसैले हामीलाई लाग्छ विदेशीले दवाव दिने वित्तिकै माधव नेपाल टिकिरहने बहुमत हुँदाहुँदै पनि उहाँ टिक्न नसक्ने । त्यसैले गर्दा अब नेपालको आन्तरिक राजनीति त्यो अवस्थामा आइसक्यो की विदेशीहरुले भन्ने वित्तिकै दवाव दिने उनीहरुकै अनुरुप याँहा सरकार बन्ने स्थिति देखिदैन । तर नेपालमा नँया सरकारमा चाँही त्यस्तो हुने संभावना देखिदैन ।


सहमतीय प्रणालीको सरकार बन्ने संभावना कत्तिको छ ?

सहमतीय प्रणालीको सरकार बनाउन २ वटा पक्षले उदारता देखाउनु पर्छ । पहिलो कुरा माओवादीले भन्दै आएको उनीहरुको लडाकु व्यवस्थापन पुर्नस्थापनाको हकमा लचिलो भएर माओवादीले कार्यतालिका सहित तीन महिना भित्रमा कसरी यिनिहरुलाई व्यवस्थापन गर्न सकिन्छ । यसमा लचिलो खाका प्रस्तुत गर्नु पर्छ । माओवादीले डर धाकको राजनीति छोड्नु पर्यो । माओवादीले केही मुख्य कुराहरुमा उदारता स्पष्ट पारेमा सहमतिको सरकार बन्न समय लाग्दैन । माओवादी कांग्रेस र एमालेले मेरो गोरुको बाह्रै टक्का भन्ने हठलाई छाडेर जो कोही प्रधानमन्त्री बने पनि हाम्रो प्रमुख एजेण्डा संविधान लेख्ने प्रकृया हो भन्ने उदेश्य राख्यो भने सहमतिको सरकार बन्न सक्छ । सबैले सरकार आफ्नै मात्र नेतृत्वमा चलाउनु पर्छ भन्ने हिसाबबाट सहमतिको सरकार बन्न सक्दैन ।

 

 

 

 

माओवादी वाहेकको वहुमतीय सरकार बन्यो भने तपाईको पार्टी सहभागि हुन्छ कि हुदैन ?

 

यसबारे अहिल्यै म ठोकुवा गरेर भन्न सक्दिन त्यसबारे हाम्रो पार्टीले नै उचित समयमा घोषणा गर्छ । हामी सहमतीय सरकार बनाउन जोड दिन्छौ । किनभने त्यो सहमतीय सरकारले समयमै संविधान निर्माण गरोस भन्ने हाम्रो एजेण्डा हो तर कांग्रेस एमालेकै बहुमतको सरकार रहने हो भने हामी त्यो सरकारमा सहभागि हुने छैनौ ।

नँया सरकारको रस्सा कस्सीले वार्षिक बजेटमा असर पर्दैन ?
यसमा असर पर्ने कुरा म केही देख्दिन अब समय अभाव रहेका कारण पेश्की बजेट ल्याएर बजेट प्रस्तुत गर्नु पर्छ । अब नँया सरकार निर्माण गर्नु पर्ने पक्षमा लाग्नु पर्छ । अरु उपाय केही नभएमा तीन महिनाको पेश्की बजेट काम चलाउ सरकारले प्रस्तुत गर्ने अनि त्यसपछि एक महिनामै एउटा सहमतिको सरकार बनाउने प्रयास जारी राख्नु पर्छ ।


मधेसी दलहरुको छुट्टै गठबन्धन बनाउनमा के कस्तो प्रयास भैरहेको छ ?

मधेसवादी दलहरुको गठबन्धन भन्ने कुरामा सत्तामा कति बढी भाग पाउछौ भन्ने कुराबाट प्रेरित गर्छ । मधेसवादी दलहरुको दृटिकोण सत्तामा कति र कुन कुन समूह र गुटले भाग पाउने भन्ने एजेण्डा माथि गाइडेड भएका मधेसवादी दलहरु छन् । त्यसैले गर्दा मधेसी जन अधिकार फोरम नेपाल चाँही मधेसवादी दलको त्यो लाइनबाट अलगिदै संविधान निर्माण समयमा गराउन सरकार कसरी सकि्रय हुने ध्यान मात्र हाम्रो ध्यान केन्द्रित भएको
छ ।

मधेसवादी दलहरु सबै एक ठाँउमा बसेर गठबन्धन गर्ने अवस्था आउछ कि आउदैन ?

     मलाई लाग्छ यस्तो अवस्था आउदैन एक ठाँउमा बसेर भन्दा हिजो माधव नेपालको सरकारको सत्तामा रहेका मधेसवादी दलहरुले हाम्रो नेतृत्वमा हुन्छ भनेर गएमा हामीलाई त्यो मान्यता छैन ।

 

 

 


 


By Rama Sapkota
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 1374
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota