समूहहरु :
उपत्यकाको सुरक्षा स्थिति संतोषजनक
सिन्धुपाल्चोक मेलम्ची गाविस वडा नं १ जरायोटारमा जन्मनु भएका गंगा पाण्डे बाबु हुतराज पाण्डे र आमा महालक्ष्मी पाण्डेका काइला सुपुत्र हुनुहन्छ । ४९ वसन्त पार गरिसक्नु भएका पाण्डेले राजनीतिशास्त्रमा एम ए सम्मको शिक्षा हासिल गर्नु भएको छ । सुरुमा वकिल रही सुर्खेत जिल्लामा सरकारी सेवा प्रदान गर्दै आउनु भएका पाण्डे २०४० सालमा दाचुर्ला जिल्लाबाट इन्स्पेक्टरमा नियुक्ति भई सुरक्षा निकायमा सेवा प्रदान गर्दै आउनु भएको हो । सिन्धुपाल्चोक क्षेत्र नं ३ को तर्फबाट प्रथम र हालसम्मकै एक मात्र प्रहरी नायब महानिरीक्षक पाण्डे नै हुनुहुन्छ । हाल महानगरीय प्रहरी आयुक्तको कार्यलय काठमाडौका प्रहरी अतिरिक्त आयुक्त पाण्डेले अस्नेपालन्युज संवाददातासँग उपत्यकाको पछिल्लो सुरक्षा स्थितीबारे गर्नु भएका कुराकानिको पुर्ण अंश

अहिले उपत्यकाको सुरक्षा स्थिति कस्तो छ
अपराधिक गतिविधिलाई धेरै हदसम्म घटाउन सकियोस् भनेर गत भदौ देखि हामीले विशेष सुरक्षा कार्यकम लागु गरेका छौ । सुरक्षा स्थिति प्रभावकारी बनाउनको लागि हामीले उपत्यकामा अतिसंवेदनशील सम्वेदनशील र सामान्य स्थानको रुपमा अपराध हुने क्षेत्रलाई विभाजन गरेका छौ । बढी अपराध हुने क्षेत्रमा बढी प्रहरी तैनाथ गरेका छौ । त्यस्ता स्थानहरुमा सिभिल ड्रेसमा प्रहरीहरु परिचालन भएका छन् । उपत्यकाको विभिन्न स्थानमा हुने ट्राफिक जाम अहिले ठूलो समस्या बन्दै गएको छ । यस्ता अफ्ठ्याराहरुले गर्दा हामीलाई ठीक समयमै सुरक्षा प्रदान गर्न कठीनाई भएको छ । समस्याका बाबजुत पनि हामी खटिरहेका छौ । काठमाडौका डनहरु अहिले प्रायजसो जेलमा छन् । विगतमा भन्दा अहिले अपराध घटेको छ । त्यसकारण समग्रमा भन्नु पर्दा केही समय यता उपत्यकाको सुरक्षा स्थिति संतोषजनक नै लाग्छ ।

उपत्यकाको कुन कुन स्थानहरुमा बढी अपराधहरु हुने गर्दछन् र कस्ता प्रकृतिको घटनाहरु पाइएको छ
उपत्यकाको भक्तपुर र ललितपुरमाभन्दा काठमाडौमा बढी अपराधका घटना हुने गर्दछन् । जुन स्थानमा स्थानीय बासिन्दा मात्र नभएर विभिन्न स्थानबाट बसाई सरेर आएका मिश्रित बस्ति छ त्यस्ता स्थानहरुमा बढी अपराध हुने गर्दछ । कपन एरिया बालाजुको बसपार्क कलंकी लगायतका स्थानहरुमा बढी अपराध भएको पाइएको छ । यस्ता स्थानहरुमा कसैले कसैको निगरानी राख्न नसक्नुका कारण अपराध बढी हुने गर्दछ । अहिले भएका अपराध मध्ये चोरी डकैती लुटपाट र गुण्डागर्दी जस्ता घटना नै बढी भएको पाइएको छ ।

राजधानीमा केही समयअघि संचारउद्यमी जमीम शाहको दिन दहाडै गोली हानी हत्या गरेपछि शान्ति सुरक्षाको अवस्था त निकै चिन्ताजनक छ भनिन्छ नी
संसारको कुनै स्थानमा पनि सत प्रतिशत नै सुरक्षा हुने ठाँउ छैन । काठमाडौ जस्तो ४० लाख भन्दाबढी जनसंख्या भएको शहरमा केही छिटफुट अपराध हुनासाथ त्यहाँ सुरक्षा नै छैन भन्न मिल्दैन । यस्ता केही घटना हुनु कुनै अस्वभाविक हैन । ९९ प्रतिशत सुरक्षा मानिने अमेरिकाको क्यालिफोर्नियामा समेत युनिभसर्िटी भित्र छिरेर गोली हानी दिउसै मान्छे मारिएका छन् । अपराध नियन्त्रणमा हामी लागि परेका छौ । सतप्रतिशत नियन्त्रण गर्न भने कँही पनि सम्भव छैन । घटनालाई मात्र हेर्नु भन्दा पनि पहिले र अहिलेको तुलनामा कति घटना घटे भन्ने कुराको मुल्याङ्कन हुनु पर्छ । जमीम शाह एउटा उद्योगपति र पत्रकार भएका कारणले यो घटनालाई सबैले गम्भीर रुपमा हेरेको जस्तो लाग्दछ । यदी त्यही स्थानमा सामान्य नागरिकको हत्या भएको भए त्यसमा चासो कम हुने थियो । तर जसको हत्या गरे पनि हत्यारा त हत्यारा नै हो । शाहको निधनमा हामी पनि दुःखी छौ । उहाँ भित्रका आन्तरिक विवादहरु जानकारी नगरी हामीलाई थाहा हुन्न । यदी उहाँहरुबीच अघिदेखि नै विवाद थियो भनेर हामीले पूर्व जानकारी पाएको भए त्यो घटना नुहन पनि सक्थ्यो ।

जमीम शाहको हत्या हुने वित्तिकै लाजिम्पाटदेखि महाराजगंज सम्म एरिया सील गर्न सकिएको भए अपराधी उम्कन नसक्ने रहेछन् । तर त्यसो गर्न किन सकिएन त
त्यो घटना भएको १० मिनेटपछि मात्र हामीलाई खबर प्राप्त भयो । यति समयमा अपराधी हत्या गरेर पनि निकै लामो दुरी पार गरिसकेको हुन्छ । घटना जानकारी पाए लगत्तै सुरक्षाकर्मीहरु सक्रिय रुपमै लागि परेका थिए । समयमै घटनाबारे जानकारी नदिएको भन्दै नजिकै रहेका प्रुान्सेली दुताबास र लाजिम्पाट बिटका प्रहरीहरुलाई कारबाही गरिसकेको छ । उनीहरुले पनि अपराधीहरुले सफ्ट सुटर हतियार प्रयोग गरेका कारण चाँडै थाहा नपाएको बताएका छन् । यस बारेमा अनुसन्धान जारी छ ।


जमीम शाहको हत्या अनुसन्धान प्रक्रिया कहाँ पुग्यो त
शाहको हत्यामा अन्तराष्ट्रिय गिरोह पनि संलग्न भएको र उनीहरु अहिले फरार रहेका छन् । हत्याकाण्डका मतियार प्रहरी साहायक निरीक्षक प्रकाश क्षत्रीलाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ । बाँकी अपराधीहरुलाई पक्राउ गर्न हामीले प्रहरी परिचालन गरिरहेका छौ । अनुसन्धान अहिले पनि जारी छ । नेपाल सरकारले पनि घटना छानविनको लागि छुट्टै समिति गठन गरेको छ । जब सम्म सबै अपराधी पत्ता लाग्दैन तब सम्म अनुसन्धान जारी रहन्छ ।

सुरक्षा निकाय भित्र नै यसरी अपराधीको समूह सक्रिय भएको देखिन्छ । अब सर्वसाधारणले कसरी सुरक्षित महशुस गर्न सक्लान
कुनै पनि मानिसले ऐन कानून र नैतिकता जस्ता कुराहरुलाई बिस्र्याे भने त्यो अपराधी हुन सक्छ । यहाँ ५५ देखि ६० हजार सम्मको हाराहारीमा रहेको प्रहरी फौजमा सबै जना इमान्दार छन् भन्न सकिदैन । केही विकृति पनि भएका होलान् । तर १ २ जनासँग दाँजेर सिङ्गो प्रहरी संगठनलाई नै दोष दिनु उचित हैन । सुरक्षा निकाय भित्र त्यस्ता अपराधी देखिएमा जनताले खबर गर्नुपर्छ र हामीले कार्वाही गर्न सक्छौ । हामीले यस्ता अपराधी पत्ता लागाएर कार्वाही गर्दै आएका छौं ।

जमीम शाहको हत्या अनुसन्धानको टुङ्गो लगाउन किन ढिलाई भैरहेको हो
मुख्य कारण त अपराधीहरु आफ्नो ठाँउ छोडेर भागिसकेकाले हो । एउटा अपराधी र सर्प उस्तै भएका कारण एकै ठाँउमा उनीहरु रहदैनन् । अपराधमा मुख्य हात अन्तराष्ट्रिय गिरोहकै रहेकोले यसबारे राम्रोसँग अनुसन्धान गर्न कठीन भएको छ । अपराध बारे पूर्ण जानकारी प्राप्त हुन सकेको छैन । त्यस्ता विविध कारणहरुले गर्दा ढिलाई भएको हो ।

जमीम शाहको हत्यामा अन्तराष्ट्रिय गिरोहको हात रहेको छ भनेर प्रहरी प्रशासन जिम्मावरीबाट पन्छन खोजेको भन्ने आरोप छ नी
हामीलाई राष्ट्रिय वा अन्तराष्ट्रिय कुनै स्तरको गिरोहसँग चासोको बिषय हैन । अपराधी जो सुकै होस उसलाई जनता र अदालतको समक्ष उभ्याउनु हाम्रो कर्तव्य हो । त्यसैले अन्तराष्ट्रिय गिरोहलाई दोष थुपारेर हामी पन्छन मिल्दैन । कुनै कुनै जटिल प्रकारका घटना २० औ बर्ष पछि पत्ता लगाएर भए पनि अपराधीलाई कानूनको कठघरामा उभ्याएका छौ । अहिले अपराधी पत्ता लगाईसकेका छैनौ र पत्ता लागेका सबैलाई पनि पक्राउ गर्न सकिरहेका छैनौ । यस कार्यमा हामी प्रयत्नशील छौं । मानिसहरुलाई बोल्नको लागि छुट भएकाले जे जस्तो पनि टिप्पणि गर्दछन् । बाहिर कसले के भन्यो भन्नु भन्दा पनि हामी बिषयवस्तुमा चाँही दृढ छौ ।

राजधानीमा अहिले विभिन्न समूहका नामले चिनिने गुण्डागर्दी समूहहरु खुलेआम हिडिरहेका गुनासो जनमानसबाट सुन्नमा आइरहेको छ । यस बिषयमा किन सुरक्षानिकाय मौन छ
गुण्डाहरु कति छन् भन्ने तथ्य हामी कहाँ आएको छैन । अपराध अनुसार मात्र उसले सजाय पाउछ । प्रहरी भनेको कानुनको पालना गर्ने र गराउने निकाय हो । जो अपराधमा संलग्न भएका डनहरु छन् । ती मध्ये धेरैजसो अहिले डिल्लिबजार नख्खु त्रिपुरेश्वर लगायतका कारागारमा थुनिएका छन् । त्यसकारण डनहरु खुलेआम हिडेका कुरालाई म मान्दिन । तिनीहरुलाई नियन्त्रणमा राख्न प्रहरी सक्रिय छ ।

यस्ता डनहरु पक्राउ गरिएको खबर पनि आउछ र उनीहरुले पुरा सजाय नपाइकन जेलबाट छुटेका देखिन्छ । यस्तो हुनमा फितलो कानुन हो की सुरक्षा निकाय भित्रको घुसखोरी प्रवृत्ति हो
सबै कुरालाई गलत अर्थले मात्र हेर्न मिल्दैन । जनताको जीउधनको सुरक्षाको लागि हर समय जागरुक छौ । तर कहिले काहीँ कानुनी समस्याहरु आउछन् । जस्तो चोरीको बिषयमा विगो बमोजिम जरिवाना हुन्छ । कुखुरा चोरलाई मुड्कीको सास्ति भने झै त्यस्तै खालको साधारण चोरी भयो भने त्यसलाई अदालतले छाडेको हुन्छ । हाम्रो आँखामा चोर भए पनि कानुनको दृष्टिकोणमा उसलाई जेल सजाय दिन नमिल्ने अवस्था पनि आउछ । हामी ज्यानकै बाजी राखेर जनताको सेवा र सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमा कसैको घुससँग लालच राख्ने नियत हुदैन एकाधमा हुन्छ भने तिनीहरुलाई प्रमाण हेरेर कार्वाही गरिन्छ ।

राजनीतिक दलका ठूला नेताहरुको आदेशबाट पनि कहिले काहीँ डनहरुलाई छाडिन्छ भनिन्छ के यो सत्य हो
यो सुरक्षा निकाय भनेको चाकडी गरेर कसैले दिएको जागिर हैन प्रहरीको सत्य सेवा सुरक्षा भन्ने पेशा कसैको निगाहमा खाइने हैन । इश्वरको अनुग्रह आफ्ना पाखुरी र साहसको भरले खाने जागिर हो । प्रहरी हुँदा के गर्ने र के नगर्ने भन्ने कुरा नियमले नै तोकेको हुन्छ । त्यसकारण आफ्नै योग्यताले खाएको यो जागिर कसैको आदेश र धम्किले यहाँ भित्र केही हुन सक्दैन । यदी प्रहरी कसैको डर र प्रलोभनमा परेर काम गर्याे भने त्यो गद्दार हो । त्यस्तालाई सुरक्षा सेवाबाटै वन्चित गरिन्छ र त्यस्ता प्रहरीहरुलाई बर्खास्त गरिएका पनि धेरै उदाहरणहरु छन् ।

उपत्यकाको शान्ति सुरक्षा प्रभावकारी बनाउन भावी कार्यक्रमहरु के कस्ता रहेका छन्
हाल संचालन भैरहेको विषेश सुरक्षा कार्ययोजनालाई नै निरन्तरता दिदै यसलाई अझ प्रभावकारी बनाउने हाम्रो योजना रहेको छ । जस अन्र्तगत उपत्यका प्रवेश गर्ने ९ वटा नाकाहरुमा सि आर भि परिचालन गरिराखेका छौ । उनीहरुलाई आफ्नो एरिया दिएर घटना हुने वित्तिकै जानकारी गराउने जिम्मेवारी दिएका छौ । त्यसै गरी घर भाडामा रहने व्यक्तिहरुको पहिचानको लागि सामुदायिक प्रहरी मार्फत घरदैलो कार्यक्रम पनि राखेका छौ । यस्ता अन्य विविध कार्यक्रमहरुकासाथ सुरक्षा व्यवस्था कडा र प्रभावकारी बनाउदै लगिने हाम्रो उद्देश्य रहेको छ ।


By Rama Sapkota
अनलाईन जनमत
एमआरपी छपाइ भारतलाई दिने प्रक्रिया फिर्ता गर्ने माधव सरकारको निर्णय तपाईंलाई कस्तो लागयो ?
जनताको जीत
अनुत्तरदायी सरकारलाई जनताको झापड
कुर्सी बचाउने खेल
 
जन आवाज
अनलाईन रेडियो
कार्टुन
अनलाईन समाचार
शुभकामना सँगालो
पठाउनुहोस्
नेपाली पत्रपत्रिका
मौसम
LOCATION
MIN
MAX
RAIN
Kathmandu
12°C
36°C
2mm
Biratnagar
11°C
40°C
1mm
pokhara
8°C
25°C
3mm
Sydney
7°C
17°C
00mm
Canberra
6°C
9°C
1.2mm
Melbourne
8°C
8°C
2mm
Perth
12°C
20°C
00mm
Adelaide
9°C
18°C
00mm
Bharatpur
18°C
38°C
1.5mm
समाचार   सुन्नुहोस्

Australia
उपायोगि लिङक्स
 स्थानिय संघसंस्था
 सरकारी कार्यालय
अंग्रेजी समाचारपत्र
Total Visitors : 3299
Email:info@ausnepalnews.com Run By Nepal Australia Media Network. Director: Keshab Sapkota , Chief Editor: Bhimsen Sapkota